नेकपाका नेताहरूद्धारा पार्टी नेतृत्वप्रति असन्तुष्टि

सहयात्रा टिभी

काठमाडौं । साउन २१, नेकपा (एकीकृत समाजवादी) का नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाण्डौको आलोकनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आइतवार स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसद्को गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् ।

उनीहरूले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै नेकपा एमालेको पनि आलोचना गरेका थिए ।

संसद् बैठक नै बस्न नसक्ने अवस्था सिर्जना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरूले राखेका छन् ।

हिजो शनिवारदेखि शुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ ।

एकीकृत समाजवादीले पार्टीको आसन्न १० औँ महाधिवेशन आउँदो माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो ।

उपमहासचिव तुलाधरका अनुसार अब भदौँ पहिलो हप्ता बस्ने पोलिटब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे योजना तय गर्नेछ ।

 

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्