नरेश र अनिल राष्ट्रिय टिम बाहिर

सहयात्रा टिभी

काठमाण्डौं । राष्ट्रिय टिमको दोस्रो चरणको बन्द प्रशिक्षणमा नरेश बुढायर र अनिल मण्डल पर्न असफल बनेका छन् ।
यस्तै भेट्रान अलराउण्डर मेहबुब आलमसँगै शौरभ खनालले पनि चोटका कारण नाम फिर्ता लिएका छन् । बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० सदस्यीय टोली घोषणा भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएईबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ । पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका नरेश बुढायर, अनिल मण्डलसँगै सुसन भारी, विक्रम शोव र सुनिल धमला टिममा परेनन् । सुसनले हङकङविरुद्धको पहिलो खेल खेलेका थिए भने नरेशलाई शरद भेषावकरको स्थानमा टिममा बोलाइएको थियो । तर दोस्रो खेल वर्षाले नहुँदा उनी खेल्न पाएनन् ।

कप्तान पारस खड्का नेतृत्वको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने छन् । यस्तै जितेन्द्र मुखिया, आरिफ शेख, अनिलकुमार साह, दिलिप नाथ, हसिम अन्सारी, कुशल भुर्तेल र सुशील कँडेल पनि टिममा छन् ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्