साउनको चौथो सोमबार पशुपतिमा भक्तहरुको घुइँचो

सहयात्रा टिभी

काठमाडौं । साउन २२, आज साउन महिनाको चौथो सोमबार पनि पशुपति क्षेत्रमा शिवभक्तहरुको घुइँचो छ । पहेंलो बस्त्रधारी बोलबम तीर्थालुहरुको पशुपति लगायतका शिव मन्दिरहरुमा चहलपहल छ ।

वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन् । साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले साउनको सोमबार शिवको प्रियबार भएको भन्दै यसै दिन शिवभक्तहरु शिव मन्दिरहरुमा पुग्छन् ।

बोल बम तीर्थालुहरु सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा अर्पण गर्छन् । उनीहरु खाली खुट्टा सुन्दरीजलदेखि पशुपतिसम्म पैदल यात्रा गर्छन् ।आजको दिन शिवलाई शुद्ध जल चढाउने चलन छ ।

 

प्रकाशित : 7 August, 2023

प्रतिक्रिया दिनुहोस्