उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेद्धारा बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । साउन २२, सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल थापालाई बोल्न समय दिए । उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताइन् ।

 

प्रकाशित : 7 August, 2023

प्रतिक्रिया दिनुहोस्