भारतमा फेरि पत्रकारको हत्या

सहयात्रा टिभी

भारत । भारतको दक्षि–णूर्वी राज्य त्रिपुरामा एक जना भारतीय पत्रकारको हत्या गरिएको छ । प्राप्त समाचारअनुसार सो राज्यमा एउटा रष्ट्रिय दैनिक पत्रिकामा काम गर्ने पत्रकारको गोली हानी हत्या गरिएको हो ।

त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले गोली हानेको बताइएको छ । उक्त प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करीब २० किलोमीटर पश्चिममा पर्दछ । समाचारको कामका लागि नै उनी त्यहाँ गएको बताइएको छ । उक्त कार्यालयका एक जना वरिष्ठ प्रहरी अधिकारी अभिजित सप्तऋषिले भने–‘हिजो एक जना पत्रकार प्रहरीको गोली लागेर त्रिपुरा स्टेट राइफलको हेडक्वाटरमा मारिएका छन् ।’ यसरी पत्रकार मारिएपछि उनलाई गोली हान्ने प्रहरी जवानलाई पनि प्रहरी थुनामा लिइएको छ । उक्त कार्यालयको परिसरमा नै सो घटना भएको पनि उनले स्वीकारेका छन् ।

सुदिप दत्त भौमिक नाम गरेका ४८ बर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । उक्त पत्रिका बंगाली भाषाको पत्रिका हो । गोली हान्ने प्रहरी जवान हाल प्रहरीको नियन्त्रणमै रहेका छन् । ती प्रहरी जवान र पत्रकारका बीचमा के कस्तो अवस्थाको सिर्जना भयो र जसका कारण गोली हानेर हत्या गर्नेसम्मको स्थिति आयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

सो दैनिक पत्रिकाका सम्पादक सुबलकुमार दायले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति लिएर नै आफ्नो सम्वाददाता सो कार्यालयमा गएको बताएका छन् । उक्त कार्यालयमा भेट्न गए लगत्तै प्रहरीले ती सम्वाददातालाई मुख्यालयमा नै गोली हानेर हत्या गरेका समाचारमा जनाइएको छ । उक्त मुख्यालयका प्रमुखको अङ्गरक्षकले उनीसँगको सामान्य वादविवादपछि गोली हानेको समाचार आफूले पाएको उनले भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेससँग बताएका छन् । दुई महिनाअघि एक जना टेलिभिजनका पत्रकारको हत्याको थियो ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्