इलाममा विप्लवका चार कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

इलाम । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा इलामबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपमा माओवादीका चार कार्यकर्ता पक्राउ परेका छन् ।

एक साताको अवधिमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नम्बर–११ सोयाकका सञ्जिव फागो, वडा नम्बर–१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जीतपुरका मोहन बराल रहेका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्