दमकका प्रमुख अधिकृत सहित ३८ कर्मचारीको सरुवा

सहयात्रा टिभी

काठमाडौँ । साउन २४, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

निरौला टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएका थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

मन्त्रायले शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । सरुवा भएका धेरैजसोलाई तराई मधेशका स्थानीय तहहरुमा खटाइएको छ ।

 

 

 

प्रकाशित : 9 August, 2023

प्रतिक्रिया दिनुहोस्