एमाले सांसदहरुद्धारा प्रतिनिधिसभामा नाराबाजी सुरु

सहयात्रा टिभी

काठमाडौँ । साउन २४, नेकपा एमालेद्धारा प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आजको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।

प्रकाशित : 9 August, 2023

प्रतिक्रिया दिनुहोस्