काठमाडौंमा विश्व आदिवासी दिवस मनाइँदै

काठमाडौँ । साउन २४, विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी,जनजाति संघ-संस्थाहरूले झाकी प्रदर्शन गरेका छन् ।
काठमाडौंको शहीदगेटबाट सुरू भएको झाँकी र्याली सुन्धारा, न्यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ ।
झाकी र्यालीमा नेपालमा भएका विभिन्न आदिवासी जनजातिहरूले आ-आफ्नो भेषभूषारपहिरन लगाएर सहभागी भएका छन् ।
आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना गरेको छ ।
यस्तै आज देशभर विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरी विभिन्न जातीय संघसंस्थाहरूले जिल्लाहरूमा पनि कार्यक्रम गरी आदिवासी दिवस मनाइरहेका छन् ।
यसवर्ष विश्व आदिवासी दिवसको नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।