कांग्रेसका नेता डा. कोइराला र महामन्त्री थापा बीच भेट

काठमाडौँ । साउन २५ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच तीन घण्टा लामो भेट भएको छ ।
दुई नेताबीच करिब तीन घण्टा ‘वान अन वान’ वार्ता भएको संस्थापनइतरका एक नेताले जानकारी दिए । दुई नेताहरुबीच आफ्नो समूह एकतावद्ध भएको र रहिरहने विषयमा छलफल भएको बताइएको छ ।
दुई नेताको भेटपछि संस्थापनइतरका नेता गुरुराज घिमिरेले दुई नेताको छलफलबाट खुसी व्यक्त गर्दै ट्वीट गरेका छन् । ‘१५ औं महाधिवेशनको उज्यालो क्षितिज । हामी साथमा छौं र निकै उत्साहित पनि,’ घिमिरेले ट्वीट गरेका छन् ।