एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाडौंमा हुने

काठमाडौँ । साउन २५ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन काठमाडौंमा हुने भएको छ ।
गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी ३० असोज देखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) काठमाडौंमा आयोजना गरिने भएको हो ।
सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने गैरआवासीय नेपाली संघले जनाएको छ ।
महाधिवेशनमार्फत संघले नयाँ नेतृत्व समेत चयन गर्नेछ । सम्मेलनको तयारी स्वरूप १(३१ जुलाइका बीचमा विश्वका ५९ भन्दा बढी राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् ।
संघको स्मार्ट एप मार्फत १०(२० अगस्टसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न आह्वान गरिएको छ । प्रतिनिधिहरुको अन्तिम नामावली ३१ अगस्टमा प्रकाशन गरिने संघले जनाएको छ । साथै संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन समेत भनेको छ ।