महानगरले गर्यो कपनको खहरे खोला उत्खनन गर्ने तयारी

काठमाडौं । साउन २६, काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला उत्खनन गर्ने तयारी गरेको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अहिले नापी कार्यालय चावहिलमा काठमाडौं र बूढानीलकण्ठका प्रतिनिधि बीच छलफल भइरहेको छ ।
तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ । नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।
बूढानीलकण्ठ नगरपालिका भने छलफल बिना डोजर चलाइहाल्ने पक्षमा नरहेको जनाएको छ । नगरपालिकाका मेयर मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा मेयर बालेन्द्र साह (बालेन)सँग भएको सहमति अनुसार नै अगाडि बढ्ने बताए ।
‘