फास्ट ट्रयाक निर्माणमा लाग्यो सेना

सहयात्रा टिभी

काठमाण्डौं । चार वर्षमा आयोजनाको सम्पूर्ण काम सक्ने उद्देश्यका सात काठमाण्डौं–तराई दु्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणमा नेपाली सेना लागेको छ ।

सेनाले निर्माण आधार शिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र–उपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकै पटक थालेको छ । मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको नेपाली सेनाले जनाएको छ ।

थप पाँच स्थानमा स्थापना गर्ने तयारी सेनाको छ । हालसम्म दुई वटा गणका करीब पाँच सय सेना फास्ट ट्रयाक निर्माणमा खटिएका छन् । थप दुई वटा गणलाई परिचालन गरिने सैनिक प्रवक्ता नैनराज दाहालले जानकारी दिएका छन् । सेनाले अहिले भारतीय कम्पनी इन्फास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज लिमिटेड (आईएल एन्ड एफएस)ले तयार पारेको डीपीआर अध्ययन गरिरहेको छ ।

‘डीपीआरको सबै प्रक्रिया पूरा नभए पनि अहिले काम थालि हाल्न समस्या छैन’–सेनाका प्रवक्ता दाहालले भने–‘अहिले ट्रयाक सहज गराउने काम भइरहेको छ ।’ त्यसबारे आवश्यक कार्यवधि सरकारले पारित गरिसकेको छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्