काठमाडौंमा पानीपुरी, चटपटेज बेच्न प्रतिबन्धको तयारी

काठमाडौं । साउन २८, काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ ।’
बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन गर्ने उनको भनाइ छ ।
उनले अनुगमन गरेर सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउने बताएकी छिन् ।
यस्तै काठमाडौं महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गनै अभियानलाई निरन्तरता दिने भएको छ ।