माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी

सहयात्रा टिभी

काठमाडौं । साउन २८, मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुगका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै पदाधिकारी बैठक बसेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लागेका हुन् ।

यसअघि जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । बालुवाटार स्रोतका अनुसार माओवादीबाट मन्त्री भएका पर्यटनमन्त्री सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी छ ।

 

प्रकाशित : 13 August, 2023

प्रतिक्रिया दिनुहोस्