मेडिकल काउन्सिलको कमजोरीले सक्कली’ डाक्टर पक्राउ

सहयात्रा टिभी

काठमाडौ । साउन ३०, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको ‘कमजोरी’ रहेको औंल्याएको छ।

 

सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको भनेर पत्र पठाएपछि उनलाई रिहा गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले यसअघि २०७८ मंसिर २८ गतेको पत्रमा मेडिकल काउन्सिलले भुलबस रन्जित कुमार यादवको नाम उल्लेख भएको भनेर दोस्रो पत्र पठाएको जानकारी दिए।

 

प्रकाशित : 15 August, 2023

प्रतिक्रिया दिनुहोस्