श्रीलंकाका चर्चित स्पिनर हसरंगाले लिए २६ वर्षमै सन्यास

सहयात्रा टिभी

काठमाडौ । साउन ३०, श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी प्राप्त भएको छ ।

हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

उनले सेतो बल फम्र्याट अर्थात टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय फम्र्याटमा भने निरन्तर खेल्नेछन् ।
हाल क्रिकेट जगतमा उत्कृष्ट लेगस्पिनर तथा अलराउन्डरको छवि बनाएका हसरंगाले २०२० मा दक्षिण अफ्रिका विरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए ।

श्रीलंका क्रिकेट बोर्डले हसरंगाको सन्यास लिने निर्णय स्वीकार गरिसकेको छ ।

 

प्रकाशित : 15 August, 2023

प्रतिक्रिया दिनुहोस्