थप ३ चिनियाँ नागरिक सुन तस्करी प्रकरणमा पक्राउ

सहयात्रा टिभी

काठमाडौ । साउन ३०, सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेको जानकारी प्राप्त भएको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जानकारी दियो ।

चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

 

प्रकाशित : 15 August, 2023

प्रतिक्रिया दिनुहोस्