ओठ फुटेर सतायो ? यसो गर्नुस्

सहयात्रा टिभी

जाडो याम शुरु भएसँगै धेरैलाई ओठ फुट्ने समस्याले सताउन थालिसकेको छ । आठ फुट्दा मुहारको सौन्दर्य त उसै गुम्छ नै त्योसँगै पीडा पनि हुन्छ । तर, जाडो याममा ओठको सुरक्षामा अलिकति मात्र ध्यान दिन सक्ने हो भन यस समस्याबाट मुक्ति मिल्छ । यदि तपाईंको पनि ओठ फुटेको छ भने गुलाबजलको प्रयोग गर्न सक्नु हुन्छ ।

एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा नियमित दल्यो भने ओठ फुट्ने समस्याबाट मुक्त हुन सकिन्छ । गुलाबजल बजारमा सहजै उपलब्ध हुन्छ ।

ओठ फुट्ने समस्याबाट बच्नका लागि घ्यू पनि प्रयोग गर्न सकिन्छ । थोरै घ्यू लिएर फुटेको ओठमा नियमित मालिस गरेमा निको हुन्छ । धेरैलाई थाहा नहुन सक्छ, सस्र्युंको तेलले पनि फुटेको ओठलाई निको पार्छ या ओठ फुट्न दिंदैन । बिहान–बिहान सस्र्युंको तीन–चार थोपा तेलले नाडी मालिस गरेमा त्यसको सिधा असर ओठमा देखिन्छ र ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्