नैकापमा ‘दान्भी’को क्लाइमेक्स दृश्यको छायांकन

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को क्लाइमेक्स दृश्यको छायांकन भइरहेको छ ।

 

यसका लागि काठमाडौं नैकापमा सेट बनाइएको छ । बुधबार अभिनेत्री पूजाको एक्सन दृश्य खिचिएको निर्देशक रुपेश तामाङले जानकारी दिए ।

द्वनद्व निर्देशन श्री श्रेष्ठले गरिरहेका छन् । हरि लामा घलेको छायांकन गरिरहेको फिल्मका सहनिर्देशक नवराज शर्मा हुन् । फिल्ममा रविना थापा मगरको कथा र सञ्जोग रानाको पटकथा तथा संवाद छ ।

 

प्रकाशित : 16 August, 2023

प्रतिक्रिया दिनुहोस्