बाटोमै कुटिए सहायक मतदान अधिकृत

सहयात्रा टिभी

बाजुरा । बाजुराका एक सहायक निर्वाचन अधिकृत सार्वजनिक सडकमै कुटिएका छन् । बाजुराको बुढीनन्दा नगरपालिका–५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वरप्रसाद यादव बुधबार बीच बाटोमै कुटिएका हुन् ।

सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा रहेको उक्त मतदान केन्द्रमा जाँदै गर्दा पोरखे लेकमा यादवमाथि कुटपिट भएको प्रहरीले जानकारी दिएको छ । घाइते सहायक मतदान अधिकृतको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यादवको डाढ, खुट्टा र पिठ्यूँमा चोट लागेको छ । आक्रमण गर्नेको पहिचान हुन सकेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरि ओलीले बताएका छन् । कुटपिटको कारण पनि खुल्न सकेको छैन ।

 

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्