सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा नराखेको भन्दै व्यवसायी असन्तुष्ट

सहयात्रा टिभी

काठमाडौँ । साउन ३२, पर्यटनसँग सम्बन्धित विभिन्न संघ-संस्थाले पर्यटक आकर्षित गर्न सरकारीस्तरबाट कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सरकारले सन् २०२३ बाट भ्रमण दशक सुरु गरेको छ । तर, यो कसरी सञ्चालन गर्ने, बजेट कसरी गर्ने र के कार्यक्रम गर्ने भन्ने टुंगो पर्यटन मन्त्रालयले अझै लगाउन सकेको छैन ।

बुधबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको सभापतित्वमा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको संयुक्त बैठकले कार्यक्रम अगाडि नबढेको प्रति चिन्ता व्यक्त गरेको हो ।

कोभिडको समयमा एक वर्ष पर्यटन क्षेत्रलाई उद्योगमा वर्गीकरण गरिएकोमा त्यसपश्चात पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको भन्दै व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल सरकारका प्रतिनिधिहरुले चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले पर्यटक संख्या बढेको जनाउँदै आर्थिक गतिविधि समेत बढेको जनाए पनि निरन्तर थपिंदै गएको तारे होटललगायतका पर्यटन व्यवसायको कुल सञ्चालन क्षमताको एक तिहाइभन्दा पनि कम क्षमता उपयोग भइ सञ्चालनमा समेत घाटा रहेको जनाइएको छ ।

 

 

प्रकाशित : 17 August, 2023

प्रतिक्रिया दिनुहोस्