राष्ट्रपतिद्धारा सर्वदलीय बैठक बोलाउने तयारी

काठमाडौँ । साउन ३२, राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए ।
‘राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु भएको छैन,’ ‘अहिले स्वास्थ्य पनि ठिक भएको र संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भइरहेको हो ।’बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको थापाले बताए ।