राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति नियन्त्रण गर्न असफल

काठमाडौँ । भदौ १, नेपाल राष्ट्र बैंक मुद्रास्फीति नियन्त्रण गर्न असफल भएको छ ।
शुक्रबार प्रकाशित वार्षिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको लक्ष्य भन्दा ०.७४ प्रतिशतले बढी हो ।
विवरणअनुसार २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।
२०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७९/८० मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको केन्द्रिय बैंककले जनाएको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो।
२०८० असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो।