मंगलबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार ?
सहयात्रा टिभी
काठमाडौँ । भदाै ५, नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।
यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ स्थिर थियो। सोमबार प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।