नेपाल–भारत सीमा नाका तीन दिन बन्द

सहयात्रा टिभी

बैतडी । प्रदेश नम्बर–७ का नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ । पहिलो चरणअन्तर्गत् मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घन्टाका लागि बन्द हुने भएको हो ।

सीमानाकामा सवारी–साधन र पैदलयात्री आवत–जावतमा पूर्णरुपमा रोक लगाइएकोे छ । पहिलो चरणअन्तर्गत् मंसिर १० गते प्रदेश नम्बर–७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ । चुनावलाई मध्यनजर गरेर बिहीबार राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवत–जावत बन्द गरिएकोे प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिनु भयो ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने उहाँको भनाई थियो । मंसिर १० गते राति १२ बजेसम्म सीमानाका बन्द गरिनेछ ।

प्रकाशित : 24 November, 2017

प्रतिक्रिया दिनुहोस्