ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

सहयात्रा टिभी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८ विसुनपुरमा शुक्रबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ट्याक्टरले ठक्कर दिँदा शिवराज नगरपालिका वडा नम्बर–६ मजिगवाका ८ वर्षीय असरफी तेलीको मृत्यु भएको हो ।

साइकलमा सवार बालकलाई धर्मनगरदेखि विसुनपुर जाँदै गरेको लु३त २७४० नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट साइकलमा सवार मृतकका दाजु सामान्य घाइते भएका छन ।

ठक्कर दिने ट्याक्टरका चालक फरार रहेकाले उनको खोजी भइरहेको र शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रकाशित : 24 November, 2017

प्रतिक्रिया दिनुहोस्