सरकारको निर्णय : बुढीगण्डकी निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई दिने

सहयात्रा टिभी

काठमाडौ । सरकारले १२ सय मेगावाटको जलाशययुक्त बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

समितिमा अर्थसचिव, ऊर्जासचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहेका छन् । समितिलाई १५ दिनभित्र खाका तयार पार्न निर्देशन दिइएको छ । बूढीगन्डकी आयोजनाका लागि एक अर्ब रुपैयाँको लगानी गरेर यसअघि विस्तृत् अध्ययन भइसकेको छ ।

बूढीगन्डकी जलविद्युत् आयोजना ८ वर्ष भित्र सम्पन्न गर्ने सरकारले जनाएको छ । तत्कालीन पुष्पकमल दाहाल सरकारले चिनियाँ कम्पनी चाइना गेजुवालाई आयोजना बनाउन गरेको सम्झौता केही दिनअघि वर्तमान मन्त्रिपरिषद्ले खारेज गरेको थियो ।

 

प्रकाशित : 24 November, 2017

प्रतिक्रिया दिनुहोस्