‘बार्बी’ २०२३ कै सर्वाधिक ग्रस कमाउने फिल्म बन्ने पक्का
सहयात्रा टिभी
काठमाडौँ । भदौ ६, ‘बार्बी’ उत्तर अमेरिकी बक्स अफिसमा सन् २०२३ कै सर्वाधिक ग्रस कमाउने फिल्म बन्ने भएको छ । डेडलाइन म्यागजिनका अनुसार फिल्मले बुधबार युनिभर्सल स्टुडियोको फिल्म ‘द सुपर मारियो ब्रोस मुभी’को कमाइलाई उछिन्ने पक्का छ ।
‘बार्बी’ले अमेरिका र क्यानडामा ५७४.२ मिलियन डलर कमाउँदै सर्वाधिक ग्रस कमाइ गर्ने फिल्मको रेकर्ड राख्ने निश्चित भएको हो । यसअघि वार्नर ब्रोजको फिल्म ‘ह्यारी पोर्टर एण्ड द डेथ्ली हलोज पार्ट २’ सन् २०११ मा सर्वाधिक कमाउने ग्रसर फिल्मको रेकर्ड राखेको थियो । जसले त्यसबेला ३८१ मिलियन डलर कमाएको थियो ।