वुमन्स टी २० खेलमा नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । भदौ ८ आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ ।

मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । ओपनर पुजा महतो ४ बलमा १ रन बनाउँदै एना हमिज हसिमको बलमा पहिलो ओभरको पाँचौं बलमा नै एलबीडब्ल्यु आउट हुन पुगिन् ।

मलेसियाका लागि एना हमिजा हशीम, माहिरा इज्जती इस्मेल र नुर दनिया सुहादाले समान २–२ विकेट लिए । एइसा इलीश फिर्दुशले १ विकेट लिइन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।

प्रकाशित : 25 August, 2023

प्रतिक्रिया दिनुहोस्