मोटरसाइकलमा सवार एक डाक्टरको टिपरको ठक्करबाट मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । भदौ १२, मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु भएको छ ।

मंगलबार बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार डाक्टर निरज यादवको मृत्यु भएको हो ।

सप्तरी घर भएका उनी प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ जाँदै थिए ।

पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका डाक्टर यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो ।

अस्पताल पुर्‍याएको केहीबेरमै यादवलाई चिकित्सकले बिहान ६ः ५० बजेतिर मृत घोषित गरेका थिए । टिपर चालक झापाको मेची नगर नगरपालिका– ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित : 29 August, 2023

प्रतिक्रिया दिनुहोस्