बंगुर फार्ममै कामदारमाथि करणी

सहयात्रा टिभी

काभ्रे–काभ्रेको मण्डन देउपुर नगरपालिका–२ का एक बंगुर फार्म सञ्चालकले सोही फार्ममा काम गर्ने महिलालाई करणी गरेका छन् ।

मण्डन देउपुर नगरपालिका–२ मा बाख्रा फार्म सञ्चालन गरी बस्ने संखुवासभाको पाँचखपन नगरपालिका–२ का ५० वर्षीय देबीबहादुर खत्री कामदार महिलालाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

फार्ममा काम गर्ने धादिङकी २५ वर्षीया महिलालाई बिहीबार फार्ममै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्