बलिउड अभिनेत्री दिव्या दत्त काठमाडौं आइपुगिन्
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४, शुक्रबारदेखि सुरु हुन लागेको सूर्य नेपाल काठमाडौं कलिङ साहित्य महोत्सवमा सहभागी हुन बलिउड अभिनेत्री दिव्या दत्त काठमाडौं आइपुगेकी छन् ।
बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी उनलाई महोत्सव आयोजकले स्वागत गरेका थिए । उनी आफ्नो टिमसहित काठमाडौं आइपुगेकी हुन् ।
बलिउड तथा पञ्जाबी फिल्मकी अभिनेत्री तथा लेखिका समेत रहेकी दत्तले महोत्सवको पहिलो दिन शुक्रबार हुने सेसनमा आफ्नो फिल्म यात्राबारे प्रस्तुति दिनेछिन् । बलिउड अभिनेत्री समेत रहेकी मनिषा कोइराला र दिव्या दुवै जना एउटै मञ्चमा देखिने भएका छन् ।
दोस्रो दिन शनिबारको सेसनमा यी दुई अभिनेत्रीले दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यताबारे अन्तरक्रिया गर्ने कार्यक्रम छ ।