जुम्लामा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

काठमाडौं । भदौ १७, जुम्लामा जिप दुर्घटना हुँदा दुई जना चालक र सहचालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी-४ स्थित ठगुनेरामा भे१ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।
मृतकको पहिचान भएको छैन । प्रहरी निरीक्षक चन्दका अनुसार गुठीज्यूलाबाट मुगु जादै गरेको उक्त जिपमा अन्य यात्रु थिइनन् ।
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।