वन मन्त्रालयको सचिवमा खराल र पशुपन्छीमा पौडेल नियुक्त

काठमाडौं । भदनै १८, डा. दीपककुमार खरालले वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् ।
मन्त्रिपरिषद बैठकले खराललाई वन सचिव नियुक्त गरेको हो ।
वन मन्त्रालयका हालका सचिव डा. रेवतीरमण पौडेल कृषि तथा पशुपन्छी मन्त्रालयको पशुपन्छी सचिवमा सरुवा भएका छन् । योसागै दुबै सचिवले आफ्नो विषय विज्ञताअनुसार सचिवको जिम्मेवारी पाएका छन् ।