मोडलिङबाट मन जित्दै मुस्ताङकी ‘हिरा’

सहयात्रा टिभी

मुस्ताङ नेपालको चर्चित पर्यटकीय गन्तव्य । मुस्ताङको सौन्दर्य मात्र होइन अहिले यहाँको एउटा मोडलिङ प्रतिभाले पनि धेरैको मन जितिरहेको छ । हिमाली जिल्ला मुस्ताङमा जन्मी हुर्केकी मुस्ताङे मोडल हिरा गुरुङ अहिले दर्शकको रोजमाइमा मात्र होइन नेपाली मिडियाको खोजाइमा पनि पर्न थालेकी छन् ।

सुन्दर जिउडाल अनि उत्तिकै प्रतिभावान जोमसोमकी हिरा साँच्चीकै हिराको रुपमा मोडलिङमा चम्केकी छिन् । जुनसुकै म्यूजिक भिडियोमा पनि फिट उनको अभिनयकलाले संगीतको बजारमा राज गरिरहेको छ । सयौं मोडलको भिडमा हिरा आफूलाई साँच्चीकै हिरा सावित गराउन लागिरहेकी छन् । परदेशी दिदी, जीन्दगीको साथी, धौलागिरीको काखैमालगायतका आधा दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको छ ।

मोडलिङमा अघि सरेको उनको पाइलाको अहिले सर्वत्र प्रशंसा हुन थालेको छ । सानैदेखि अभिनयमा रुची भएकी हिरा अभिनय कलालाई निखार्दै आफू मोडलिङ क्षेत्रमै जम्ने सोचमा छिन् । उनले भनिन्–‘यो मेरो रुचीको विषय पनि हो, मोडलिङको क्षेत्रमा प्रवेश गरेकी छु । नेपाली मोडलिङको क्षेत्रलाई केही उचाईसम्म पु¥याउन मेरो योगदान रहने छ ।’

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्