कोशी प्रदेश सरकारविरुद्धको सुनुवाइ मंगलबार सक्ने तयारी
सहयात्रा टिभी
काठमाडौं । भदनै १८, कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी गरेको छ ।
आजदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरुले मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका हुन् ।
सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको बहसमा निवेदकहरुले ४ घण्टा आफ्ना कुरा राख्न पाउनेछन् ।
कोशीको मुद्दा न्यायाधीश मल्ल सहित डा. कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा परेको छ ।