नेपालले ५० रनले चीनलाई हरायो

सहयात्रा टिभी

काठमाण्डौं । खेल जित्नै पर्ने चुनौति बोकेर मैदान उत्रिएको नेपालले थाइल्याण्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा चीनलाई ५० रनले हराएको छ ।

खेल जीतेपनि पनि नेपाल विश्वकप छनोटबाट बाहिरिएको छ ।
चीन १८.२ ओभरमा ५२ रन बनाउँदै अल आउट भयो । चीनका लिउ जियाउनन ३, फेङफेङ सङ १ तथा झाङ चान सुन्य रनमा आउट भएका थिए । नेपालकी सबनम राईले र रुविना क्षेत्रीले ३–३ विकेट लिन सफल भए । त्यस्तै, सीता राना मगरले दुई तथा करुणा भण्डारीले एक विकेट लिएकी थिइन् । ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय दुई रन बनायो ।

समूहको अन्तिम खेलमा राम्रो शुरूवात गर्न नसकेको नेपालले १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि २० रनमा दोस्रो विकेट गुमाएको नेपालले ५१ रन हुँदा चार विकेट खेर फालिसकेको थियो । एकपछि अर्को विकेट गुमाउँदै गएको नेपालले ८३ रनमा आठौं विकेट गुमायो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाउँदा काजल श्रेष्ठले १६ रन बनाइन् । नेरी थापाले ११ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्