एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । भदाै १९, नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। तयारी पुरा नभएपछि आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।

नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो। मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।

 

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्