वडाध्यक्ष अपहरणमुक्त

सहयात्रा टिभी

जाजरकोट । केहि दिनअघि अपहरणमा परेका जाजरकोटका एक वडाध्यक्ष आइतबार अपहरणमुक्त भएका छन् । जाजरकोटको कुशे गाउँपालिका–१ का वडा अध्यक्ष गोपालबहादुर नेपाली अपहरणबाट मुक्त भएका हुन् । वडाध्यक्ष नेपालीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ३ दिनअघि अपहरण गरेका थिए ।

नेपाली एक घण्टाअघि गाउँ नजिकैको जङ्गलबाट एक्कासी काफलपाटा मतदान स्थलमा आएको प्रमुख जिल्ला अधिकारी पुष्प राज शाहीले जानकारी दिएका छन् । विप्लव कार्यकर्ताले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई बहिष्कार गर्न लगाउने उद्देश्यले नेपालीलाई अपरण गरेको जनाइएको छ ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्