उपप्रधानमन्त्री श्रेष्ठद्धारा कागबेनीमा बाढीले पुर्‍याएको क्षति अवलोकन

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेको जानकारी प्राप्त भएको छ ।

अवलोकनपछि उनले तत्कालको राहत बढाउने र रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताएको जानकारी प्राप्त भएको छ ।

गत साउन २८ गते काग खोलामा आएको बाढीले कागबेनीका घर, पुल, सडक, व्यापारीक संरचना, होटल, विद्यालय, प्रहरी चौकी, बैंक, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्धस्थल, खानेपानीका पाइप लगायतमा क्षति पुर्‍याएको थियो ।

बाढीको पूर्वसूचना पाएकाले मानवीय क्षति भने भएको थिएन । क्षतिको अवलोकनपछि मन्त्री श्रेष्ठले बाढी पीडित, स्थानीय जनप्रतिनिधि र राहत, उद्धार तथा पुनर्निर्माणमा सक्रिय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै क्षतिग्रस्त संरचनाको दीर्घकालीन रुपमा पुनर्निर्माण गरिने बताए ।

 

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्