जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एक महिलाको निधन

काठमाडौँ । भदौ १९, लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको निधन भएको छ।
नवलपुरको देवचुली– १७ निवासी ६६ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
नवलपुरमा यस आर्थिक वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र एकजनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए।