रुकुममा मतपेटिकामा आगो !

सहयात्रा टिभी

रुकुम । रुकुमको बाफिकोट गाउँपालिका–५ स्थित पश्चिम रत्न आधारभूत विद्यालय ‘क’ केन्द्रको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा आगो देखिएपछि मतदान कार्य स्थगित गरिएको छ । प्रतिनिधि सभा सदस्य लागि छुट्याइएको मत पेटिकामा आगो लागेको जिल्ला निर्वाचन कार्यालय रूकुमले जनाएको छ ।

एसिडका कारण मतपेटिकामा आगो लागेको आशंका निर्वाचन कार्यालयको छ । मत पेटिकामा २४४ मत खसेपछि आगो लागेको बताइएको छ । आगोबाट मत पेटिकाका अधिकांश मतपत्र जलेको आशंका गरिएको छ । मतदान केन्द्रमा प्रज्वननशील पदार्थ लगायतका वस्तु प्रवेशमा रोक लगाइएको हुन्छ ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्