पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।

महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो ।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ । उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् ।

 

 

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्