सुन र चाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन र चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४३० रुपैयाँमा तोकिएको छ ।

मंगलबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ७००, तेजाबी सुनको मूल्य १ लाख १२ हजार १५० र चाँदीको मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको थियो ।

प्रकाशित : 6 September, 2023

प्रतिक्रिया दिनुहोस्