किम जोङ्ग र रूसका राष्ट्रपति पुटिन बिच भेटवार्ताको तयारी

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनले भेटवार्ताको तयारी गरेका छन् ।

उनीहरुबीच यसै महिना भेटवार्ताको तयारी भएको हो । अमेरिकासँग पृथक रुपमा मुठभेडमा रहेका यी दुई मुलुकका नेताले आपसी सहकार्यका लागि वार्ता अघि बढाउने भएका हुन् ।

भेटमा उत्तरकोरियाले खाद्यान्न तथा ऊर्जाबारे सहकार्यको प्रस्ताव राख्ने तयारी गरेको छ भने रुसले उत्तर कोरियासँग हतियार खरिदको तयारी गरेको छ । खाद्यान्नको बदलामा उत्तरकोरियाले अत्याधुनिक हतियार रुसलाई उपलब्ध गराउन सक्ने बताइएको छ ।

दुई नेताबीचको भेट मस्कोमै हुनेछ । सन् २०२० यता किम जोन उन पहिलोपटक विदेश जान लागेका हुन् । सन् २०१९ मा पुटिन र किमबीच भेट भएको थियो ।

 

प्रकाशित : 6 September, 2023

प्रतिक्रिया दिनुहोस्