नेप्सेले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई कारोबार सदस्यता प्रदान
सहयात्रा टिभी
काठमाडौं । भदौ २०, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता प्रदान गरेको छ ।
नेप्सेले नेपाल धितोपत्र बोर्डले १० साउन २०८० मा इजाजत दिएको धितोपत्र व्यवसायी (धितोपत्र व्यापारी तथा धितोपत्र दलाल) कार्य गर्न अनुमतिपत्र प्राप्त कम्पनीलाई सदस्यता प्रदान गरेको हो ।