भारतसँग पराजित हुँदै नेपाल च्याम्पियनशिपबाट बाहिरियो
सहयात्रा टिभी
काठमाडौं । भदौ २०, नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
आज बुधवार भुटानको थिम्पुमा भएको खेलमा भारतसँग १–० गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । भारतका लागि अरबासले खेलको ३३ औँ मिनेटमा गोल गरे ।