एमालेले कर्णालीमा अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन

काठमाडौँ । भदौ २१, नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गर्ने जानकारी प्राप्त भएको छ ।
एमाले कर्णाली प्रदेश कमिटीको बुधबार बसेको बैठकले प्रतिनिधि छनोटलगायतका निर्णय गरेको हो । बैठकले प्रदेशका १० जिल्लाका ७९ वटै पालिकामा एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।
एमाले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा हुँदैछ ।
अधिवेशन प्रतिनिधि छनोटका लागि खुलातर्फ १०० जना पार्टी सदस्य बराबर १ जना र दलित पार्टी सदस्यतर्फ भने ७५ जना सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।