काठमाडौं महानगरमा भोलि वडाध्यक्षको निधनमा शोक बिदा
सहयात्रा टिभी
काठमाडौँ । भदौ २१, काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ ।
महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।
काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो ।
रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिँदैछ । रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।